अर्थमन्त्रीको त्रासमा रहेको नेप्सेको प्रि ओपन सेसन बढ्योपचाएकै हो त बजारले अब अर्थ मन्त्रीको त्रास ?

 अर्थ बुलेटिन   १६ सावन, २०७९



‘राष्ट्र बैंकले चालु आ.व.का लागि जारी गरेको मौद्रिक नीतिले यस बजारका लागि विगतमा वाधक बनेका केहि व्यवस्था खुकुलो बनाइसकेकाले अब अर्थ मन्त्रीमा जनार्दन शर्मा आए पनि बजारले उनलाई पचाईसकेको छ ।’

काठमाडौं । अर्थ मन्त्रीका रुपमा पूनः जनार्दन शर्मानै दोहोरिए पछि आजको शेयर बजार घट्ने पो हो कि भन्ने लगानीकर्ताको त्रासका विच प्रि ओपन सेसन ठूलो अंकले बढेको छ । 

आज घट्ने आशंकको गरिएको बजारको प्रि ओपन सेसन भने १०.६६ अंकले बढेको छ । साताको पहिलो दिन हिजो २१९५.१० अंकमा रोकिएको बजार आज प्रि ओपन सेसनको बढाई संगै नेप्से २२०५.७७ मा पुगेको छ । 

३३ कम्पनीको ३ हजार ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ । २६ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

शेयर बजारका लागि सकारात्मक नरहेका भनि टिप्पणी गरिएका तत्कालिन अर्थ मन्त्री जनार्दन शर्माले पूनः हिजो राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथलिई हिजोनै पदभार ग्रहण गरेका छन् । 

विगतमा उनले शेयर बजारका वारेमा गर्ने गरेका टिप्पणी र राष्ट्र बैंकको नीतिका कारण बजार धेरै घटेको लगानीकर्ताहरुको आरोप थियो । त्यसकै कारण उनि दोहोरिदा बजार घट्न सक्ने लगानीकर्ताको आंकलनका विच प्रि ओपनसेसन बढेपनि आजको कारोबार के हुन्छ त भन्नेका दिनभरको अवस्थालाईनै कुर्न पर्ने लगानीकर्ताहरुको भनाई छ ।

यद्यपी उनिहरु भन्छन्, ‘श्रावणदेखि पौषसम्म बजार बढ्नेनै सिजन हो । त्यसमा पनि राष्ट्र बैंकले चालु आ.व.का लागि जारी गरेको मौद्रिक नीतिले यस बजारका लागि विगतमा वाधक बनेका केहि व्यवस्था खुकुलो बनाइसकेकाले अब अर्थ मन्त्रीमा जनार्दन शर्मा आए पनि बजारले उनलाई पचाईसकेको छ ।’



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation