महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्नेबिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

 अर्थ बुलेटिन   १६ सावन, २०७९



ऋणपत्र निष्कासन गर्नको लागि महालक्ष्मी विकास बैंक लिमिटेड र एनआई सी एशिया क्यापिटल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धि दुई पक्षिय सम्झौता सम्पन्न भएको पनि बैंकले जनाएको छ ।

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले प्रति ऋणपत्र अंकित मूल्य रु. १,०००।– दरले कुल १ अर्ब रुपैंया (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्ने भएको छ ।

बैंकले आज एक विज्ञप्ती जारी गर्दै ऋणपत्र निष्काशनको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ । 

आज सोमवारका दिन बैंकको केन्द्रिय कार्यालय दरवार मार्ग, काठमाण्डौमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि महालक्ष्मी विकास बैंक लिमिटेड र एनआई सी एशिया क्यापिटल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धि दुई पक्षिय सम्झौता सम्पन्न भएको पनि बैंकले जनाएको छ । अब आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्ने छ ।

उक्त ऋणपत्र मध्ये रु. ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र रु.४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकका प्रवक्ता दिपेश लम्सालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै २८ वर्ष देखि अनवरत रुपले सेवा प्रदान गर्दै आएको बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदानगर्दै आईरहेको छ । 

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, e-Commerce card र Dollar card जारी गरीसकेको छ । समग्रमा Chip based travel Card, e-Commerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंकः महालक्ष्मी विकास बैंक रहेको छ । 

कोभिडः १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation