नेष्डो समृद्ध लघुवित्तको खुद नाफामा बढोत्तरी

 अर्थ बुलेटिन   २० सावन, २०७९



यसको खराब कर्जामा पनि सुधार आएको छ । यसको सञ्चालन नाफा बढ्नाले नै खुद नाफा माथि जान सहयोग पुगेको देखिन्छ । 
 
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संस्थाको खुद नाफा ७१.०६ प्रतिशतले बढेर २२ करोड १९ लाख ५० हजार रुपैयाँ पुगेको छ । 

अघिल्लो आर्थिक वर्षको सोहीअवधिमा यसले १२ करोड ९७ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा भने ७५.०४ प्रतिशतले बढेको छ ।

यसको खराब कर्जामा पनि सुधार आएको छ । यसको सञ्चालन नाफा बढ्नाले नै खुद नाफा माथि जान सहयोग पुगेको देखिन्छ । असार मसान्तसम्म आइपुग्दा नेष्डोको रिजर्भ कोष ५३.०७ प्रतिशतले बढेको छ । संस्थाको रिजर्भमा ६१ करोड ९० लाख ८६ हजार रुपैयाँ जम्मा भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रिजर्भमा ४० करोड ४४ लाख ५२ हजार रुपैयाँ जम्मा भएको थियो । यसको कस्ट अफ फन्ड भने बढेको छ । प्रतिसेयर आम्दानी ८७ रुपैयाँ ४ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ७८ पैसा छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation