

१ जेठ, २०८२ | 14 May, 2025
शुक्रवार ११ वजेदेखि १ बजेसम्म २ घण्टा मात्रै नियमित खुल्ने बजारमा कारोवार रकम बढेको भएपनि नेप्से परिसूचक भने करिब ३५ अंकले घटेको छ ।
काठमाडौं । साताको अन्तिम दिन शुक्रवार २ घण्टा मात्रै खुलेको शेयर बजारमा साढे २ अर्ब भन्दा धेरै रुपैयाँको शेयर कारोवार भएको छ ।
शुक्रवार ११ वजेदेखि १ बजेसम्म २ घण्टा मात्रै नियमित खुल्ने बजारमा कारोवार रकम बढेको भएपनि नेप्से परिसूचक भने करिब ३५ अंकले घटेको छ ।
यस दिन बजार १.६१ प्रतिशत अर्थात ३४.६१ अंकले घटेर नेप्से परिसूचक २११३.५५ अंकमा रोकिएको छ ।
शुक्रवार ६४ लाख १६ हजार ६२९ कित्ता शेयर खरिद विक्रि हुदाँ २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७.८ रुपैयाको कारोवार भएको छ ।
यस दिन अपि हाइड्रो पावरको सबैभन्दा धेरै कित्ता शेयर खरिद विक्रि भएको छ भने शिवम् सिमेन्टको सबैभन्दा रकमको कारोबार भएको छ ।