नेसनल माइक्रोफाइनान्स लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम मौका

  अर्थ बुलेटिन   २२ सावन, २०७९



काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७९ हजार ८७३ कित्ता संस्थापक सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन हो । आज कार्यालय समय अपराह्न ५ बजेसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ ।

लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक, व्यक्ति, कम्पनी वा संस्थाले एनआइबीएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation