नेको इन्स्युरेन्सको नाफा बढ्यो

 अर्थ बुलेटिन   ३१ सावन, २०७९



काठमाडौं । नेको इन्स्युरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५५ करोड एक लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.०३ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ५० करोड ४५ लाख रुपैयाँ थियो । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढेको छ । जसले नाफा वृद्धिमा सहयोग पुगेको हो । यस इन्स्युरेन्सको खुद बिमा शुल्क आम्दानी पनि ४.५० प्रतिशतले बढेर असार मसान्तसम्म एक अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

नेकोको चुक्ता पुँजी एक अर्ब ७४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोष पनि सामान्य बढेको छ भने बिमा कोषमा २५.०२ प्रतिशतले वृद्धि भएको छ । रिजर्भ कोषमा ४८ करोड ७३ लाख रुपैयाँ र बिमा कोषमा एक अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ । वित्तीय विवरणअनुसार नेकोको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९० पैसा छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation