भाद्र महिनाभरी महालक्ष्मीको “नारी सम्मान अभियान”निशुल्क एटिएम कार्ड, मोवाइल बैकिङ र लकर सेवामा विशेष छुट

 अर्थ बुलेटिन   ६ भदौ, २०७९



भाद्र महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५०% छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ । 

काठमाडौं । महालक्ष्मी विकास बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मान अभियान” सार्वजनिक गरेको छ ।

भाद्र महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५०% छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ । 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहि आएको यस बैंकले नारीहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो । 

देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । 

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । 

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, e-Commerce card र Dollar card जारी गरीसकेको छ । समग्रमा chip based travel Card, eCommerce card र  Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation