मुक्तिनाथको नारी सम्मान “तीज विशेष अफर”बैंक खाता खोल्दा रु १ लाख सम्मको बीमा

 अर्थ बुलेटिन   १० भदौ, २०७९



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा  “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ ।

यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरुले रु १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा, निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निशूल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र ‘ट्रयाङक्वालिटी स्पा’ को विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने भएका छन् । यो योजना भदौ २०७९ महिनाका लागिमात्रै कार्यान्वयन हुने बैंकले जनाएको छ ।

यो योजनाले नारीहरुको सम्मान गर्दै नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ । 

त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जनाउनुभयो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation