तीजको मुखमा सुनको मूल्य तोलामा ६ सयले घट्यो

 अर्थ बुलेटिन   १३ भदौ, २०७९



काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्य तीव्र रूपमा ओरालो लागेको छ । हिन्दु महिलाहरूको पर्व तीजको दुई दिनअघिदेखि सुनको मूल्यमा कमी आइरहेको छ । आइतबार र सोमबार दुई दिनमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । 

आइतबार प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation