निक्षेप दोब्बर र तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’

 अर्थ बुलेटिन   १४ भदौ, २०७९



काठमाडौं । यस विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बरहुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ । 

महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको छ जस्ले गर्दा उनीहरु कम ब्याजदरमा बचत गर्न अरुची देखाईरहेको अवस्थामा यस विकास बैंकले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना सार्वजनिक गरेको हो । 

साथै, यस विकास बैंकको यो योजनाले भावी दिनमा आम नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास राखेको छ । 

हाल, यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation