राष्ट्र बैंकले माग्यो भारी संख्यामा कर्मचारी

 अर्थ बुलेटिन   १७ भदौ, २०७९



काठमाडौं । नेपाल राष्ट्र बैंकले झन्डै चार दर्जन कर्मचारी माग गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले एक सूचना जारी गर्दै भारी संख्यामा कर्मचारी माग गरेको हो । 

सूचनाअनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदका लागि कर्मचारी माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको जनाएको छ । 

प्रशासनतर्फको सहायक निर्देशकमा १८, प्राविधिकतर्फको सहायक निर्देशकमा एकजना र सहायकमा २४ जना गरी कुल ४३ जनाका लागि दरखास्त खुलाइएको छ । इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त पेस गर्ने अन्तिम मिति ६ असोजसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी १३ असोजसम्म दरखास्त पेस गर्न सकिनेछ ।

यस्तै, आन्तरिक तर्फ पनि थप २३ जनाको दरवन्दिका लागि यहि भाद्र १३ गते सूचना निकालेको छ । 

आन्तरिक तर्फ प्रधान सहायक १० जना, सहायक निर्देशक ६ जना, उपनिर्देशक ६ जना र निर्देशक १ जना रहेका छन् । 

विज्ञापन गरिएका सबै पदको आवेदनका लागि अनलाइन फारम भर्नुपर्ने  राष्ट्र बैंकले जनाएको छ । 

आवेदनका लागि  राष्ट्र बैंकको आधिकरिक वेभ साइडमा खोलेर त्यसमा रहेको क्यारियर आइकन क्लिक गर्ने, त्यस पश्चात 'अनलाइन पोर्टल फर कष्ट्रयाक्ट एप्लिकेसन' मा क्लिक गर्नुपर्नेछ । तत् पश्चात आफुले भर्न चाहेको पदमा लग इन गरी मागे अनुसारको विवरण भर्ने र कागजपत्र पेश गर्नुपर्ने छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation