

७ बैशाख, २०८२ | 20 Apr, 2025
रुपन्देही । श्री कृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई विशेष छुट हुने भएको छ ।
छुट प्रदान गर्ने वारेमा कुमारी बैंक लिमिटेड र देवदह ०५, खैरेनी, रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रा। लि। बीच सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले श्री कृष्ण पोलीक्लिनिकबाट सेवा लिए वापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा ओपिडि शुल्कमा ५०%, एक्स–रेमा १०%, ल्याब टेस्टमा १५%, प्रक्रिया÷ड्रेसिङ शुल्कमा १०% र औषधी शुल्कहरूमा ३–५% छुट प्राप्त गर्न सकिनेछ ।
यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।