बाराही पोलीक्लिनिकको प्रयोगशाला सेवामा कुमारीका ग्राहकलाई विशेष प्रतिशत छुट

 अर्थ बुलेटिन   २० भदौ, २०७९



कास्की । कुमारी बैंक लिमिटेडका ग्राहकहरुले बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिदा प्रयोगशाला शुल्कहरूमा विशेष छुट पाउने भएका छन् । 

कुमारी बैंक लिमिटेड र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर  प्रा। लि। बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने वारेमा सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २०%, प्रयोगशाला शुल्कहरूमा १५%, एक्स–रेमा १०%, र औषधी शुल्कहरूमा ५% छुट प्राप्त गर्न सकिनेछ । 

यस सुविधाबाटसेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation