प्राध्यापक–कर्मचारी विच मैत्रीपूर्ण भलिवल (फोटो फिचर)वार्षिकोत्सवको मुल दिन नजिकिदै, खेलले रौनकता थप्दै

 अर्थ बुलेटिन   २२ भदौ, २०७९



काठमाडौं । पद्मकन्या वहुमुखी क्याम्पस वागवजार को ७२ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित सप्ताहाव्यापि खेलकुद प्रतियोगितामा क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारी विचको मैत्रीपूर्ण भलिवल सम्पन्न भएको छ । 

भलिवलमा निमित्त क्याम्पस प्रमुख राजु मल्ल नेतृत्वको टिम प्रथम भएको छ । यसैगरी, सहायक क्याम्पस प्रमुख गोविन्द पुन नेतृत्वको टिम द्वितिय भएको छ भने त्रिवि कर्मचारीसंघ पद्मकन्या इकाई समितिका सभापति राजेश खनालको नेतृत्वको टिम तृतिय स्थान हासिल गर्न सफल भएको छ । 

असोज १ गते पर्ने क्याम्पसको वार्षिकोत्सवको पूर्व सन्ध्यामा भाद्र १७ गतेदेखि रोमाञ्चक ढंगवाट जारी खेलमा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरुको उल्लासमय सहभागिता रहेको छ । 

मैत्रीपूर्ण भलिवल खेलका फोटोहरुः

 

 

 

 

 

खेलको भिडियो हेर्न तलको  यूटयूव लिंकमा क्लिक गर्नुहोस्ः



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation