पद्मकन्या क्याम्पसको ‘खेलकुद सप्ताहा’ सकियोहजार भन्दा धेरै विद्यार्थीले खेले खेल

 अर्थ बुलेटिन   २३ भदौ, २०७९



काठमाडौं । पद्मकन्या वहुमुखी क्याम्पस, बागवजारको ७२ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित सप्ताहाव्यापि खेलकुद कार्यक्रम सम्पन्न भएको छ । 

त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममावोल्दै रेक्टर भुषालले क्याम्पसको असोज १ गते हुन लागेको वार्षिकोत्सवको उपलक्ष्यमा अग्रिम शुभकामना व्यक्त गर्नुभयो । उहाँले पढाईसंगैको अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुलाई त्रिविका हरेक शैक्षिक कार्यक्रममा थप उत्साहित बनाउने बताउनुभयो ।  

साताव्यापि खेलकुद कार्यक्रमको समापन कार्यक्रममा वोल्दै कार्यक्रमका सभाध्यक्ष एवं निमित्त क्याम्पस प्रमुख राजु मल्लले विद्यार्थीको समग्र विकासका लागि पठन पाठनका साथै खेलजस्ता अतिरिक्त क्रियाकलापहरुको अत्यन्तै आवश्यकता रहेको बताउनुभयो । उहाँले क्याम्पसका सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, विभिन्न कार्यक्रमका रेफ्रि तथा निर्णायक एवं संचारकर्मीहरुको साथ, सहयोग र वृहत उपस्थितिले ‘खेलकुद सप्ताहा’ सफल भएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

समापन कार्यक्रममा वोल्दै प्र.पा. संघ पद्मकन्या क्याम्पस इकाईका सभापति खुम प्रसाद शर्माले प्रतिस्पर्धि समयमा विद्यार्थीलाई सवल नागरिक बनाउन अतिरिक्त क्रियाकलाप, खेल, अध्ययन, अनुसन्धान गराउनु आवश्यक रहेको बताउनुभयो । 

समापन कार्यक्रममा त्रिवि प्राध्यापक संघ पद्मकन्या क्याम्पस इकाईका सभापति प्रा.डा. रामचन्द्र पोखरेल, त्रिवि प्रगतिशिल प्राध्यापक संघ पद्मकन्या क्याम्पस इकाईका सभापति प्रा.डा. फडिन्द्र निरौला, त्रिवि कर्मचारी पद्मकन्या क्याम्पस इकाईका सभापति राजेश खनाल, त्रिवि प्राध्यापक संघ पद्मकन्या क्याम्पस इकाईका पूर्ब सभापति सुरेश आचार्य लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रको संचालन विद्यार्थी कल्याण तथा खेलकुद शाखाकी प्रमुख उपमा आचार्यले गर्नुभएको थियो ।

असोज १ गते पर्ने क्याम्पसको वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित साताव्यापि खेलकुदमा भलिबल, फुटवल, वास्केटबल, व्याटमिन्डन, तातो आलु, डोरी तान्ने लगायतका करिब दर्जन खेलहरुमा २ सय भन्दा धेरै शिक्षक कर्मचारी तथा हजार भन्दा धेरै विद्यार्थीहरुले उत्साहप्रद रुपमा सहभागिता जनाएको प्रशिक्षक अरुणा राणाले बताउनुभयो ।

समापन कार्यक्रमका अवसमा विजेता शिक्षक, विद्यार्थीहरुलाई ट्रफि तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । यसैगरी, बुद्धिचालका निर्णायक मोहनसिंह प्रधान, कविता प्रतियोगिताका निर्णायकहरु उपप्राध्यापक मनमाया पोखरेल र शारदा पाण्डेका साथै सबै प्रतियोगिताका रेफ्रिहरुलाई प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमका थप फोटोहरुः

 

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation