![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीहरुले शुक्रबार (भदौ २४ गते) देखि आफ्नो नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाले ५६ हजार ११२ र श्रवण कुमार अग्रवाले ५६ हजार ११२ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । प्रतिकित्ता सेयरको भाउ १८० रुपैयाँ तोकिएको छ ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ । उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।