सन्दीप लामिछानेले भने- छिट्टै नेपाल फर्केर ममाथि लागेका सबै आरोपको सामना गर्छु

 अर्थ बुलेटिन   २४ भदौ, २०७९



काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू चाँडै स्वदेश फर्कने बताएका छन् । हाल सिपिएल खेल्न वेस्ट इन्डिजमा रहेका लामिछानेले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै चाँडै नेपाल फर्केर आफूमाथि लागेका आरोपको सामना गर्ने बताएका हुन् ।

लामिछानेलाई बिहीबार नै नेपाली राष्ट्रिय क्रिकेट टिम क्यानले कप्तानबाट निलम्बन गरिसकेको छ । उनले आफूमाथि आधारहीन आरोप लगाइएको दाबीसमेत गरेका छन् । आफू निर्दोष रहेको उल्लेख गर्दै नेपाली कानुनअनुसार न्यायका लागि लड्ने र त्यसमा आफूलाई सबै पक्षबाट सहयोग हुने अपेक्षासमेत गरेका छन् । उनले नेपालको कानुनको सम्मान पनि गर्ने उल्लेख गरेका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation