![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । सुनकाे मूल्य साेमबार ताेलामा ३०० रुपैयाँले घटेकाे छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकाेमा साेमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेकाे छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ रहेको थियो । सुनकाे मूल्य घटे पनि साेमबार पनि चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएकाे छ । महासंघले साेमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ ।