पद्मकन्याका विद्यार्थीहरु थाहा नगरमापरिवार र साथीभाई चनाखो भए आत्महत्याको घटना न्यूनिकरण हुने

 अर्थ बुलेटिन   २७ भदौ, २०७९



मकवानपुर । परिवार र साथीभाई चनाखो भई आत्महत्या गर्न लागेका व्यक्तिको मनसाय बुझि सुरुमा नै सहयोग दिने ठाउँहरूसम्म पुर्याउन सक्ने हो भने सम्भावित आत्महत्याको घटनामा कमि आउन सक्ने थाहा नगरका प्रमुखले बताउनुभएको छ । 

‘विश्व आत्महत्या रोकथाम दिवस’ का अवसरमा पद्मकन्या वहुमुखी क्याम्पस, वागवजारमा मनोविज्ञान संकायमा अध्यनरत विद्यार्थीहरुले थाहा नगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै थाहानगरका नगर प्रमुख विष्णु बिष्टले त्यस्तो बताउनुभएको हो । 

‘कार्य मार्फत आशाको सिर्जना’ भन्ने मुल नाराका साथ प्रत्येक वर्ष १० सेप्टेम्बरमा मनाइने यो दिवस यस वर्ष थाहानगरको जनकल्याण माविमा मनाइएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नगर प्रमुखसहित विद्यालयमा  शिक्षक विद्यार्थी बिच आत्महत्या रोकथाम विषयक अन्तरक्रिया गरिएको थियो । 

कार्यक्रममा मनोवैज्ञानिक शिक्षक पदमराज जोशीले आत्महत्याको ‘नकारात्मक’ सोच आएको अवस्थामा विभिन्न हेल्पलाइनहरूमा सम्पर्क गरी आफ्ना सोचहरूलाई सकारात्मक बनाउनतर्फ लैजानुपर्ने उल्लेख गर्दै आवश्यक पर्दा औषधि र मनोपरामर्श सेवा दिएर निको बनाउन सकिने बताउनुभयो । जोशीले आत्महत्यालाई मानसिक रोग भन्दा पनि ‘कमजोर’ मन भएकाहरूले चाल्ने कदम भएकोले समाजमा व्याप्त हुनु नेपालको सन्दर्भमा ठूलो समस्या रहेको बताउनुभयो । 

त्रिवि प्राध्यापक संघ, पद्मकन्या क्याम्पस, इकाई सभापति प्राध्यापक डाक्टर रामचन्द्र पोखरेलले आत्महत्या नियन्त्रणका लागि आर्थिक, सामाजिक र पारिवारिक कारणले निम्त्याउने मानसिक तनावहरू सम्बोधन गर्न सम्बद्ध सबै पक्षहरूले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

पद्मकन्या क्याम्पस मनोविज्ञान विभागकी कार्यक्रम संयोजक तथा विभागिय प्रमुख कविता खातीले भुकम्प र कोरोना महामारी पछि आत्महत्या तथा मनोसामाजिक समस्यामा वृद्धि भएको बताउदै अहिले मनोरोग बिकराल समस्याको रुपमा अगाडि बढेको तर समस्याको पहिचान नहुदा मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरणमा समस्या परेको बताउनुभयो । उहाँले आत्महत्या पनि एकखाले रोग हो भन्ने जानकारी पुर्याउन विद्यालयस्तरबाट नै शिक्षा प्रदान गर्नुपर्ने समुदायमा मानसिक स्वास्थ्य संम्बन्धी जनचेतनाको खाचो परेको हुँदा पद्मकन्याका विद्यार्थीलाई स्थानीय तहले प्रयोग गर्न सकिनेमा जोड दिदै त्यस्को लागि सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।

जनकल्याण माबिका सहायक प्रधानाध्यापक मनोज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, थाहानगर शिक्षा शाखाका अधिकृत माधव बिक्रम मल्ल लगायत शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको उल्लेख गर्दै ७७ प्रतिशत भन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा हुने उल्लेख गरेको छ ।

कार्यक्रमको भिडियो हेर्नुहोस्ः



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation