‘पव्लिक युथ’ ले निकाल्यो आंशिकलाई नियमित गर्ने सूचना (सूचना सहित)

 अर्थ बुलेटिन   ३० भदौ, २०७९



त्रिविका आंगिक क्याम्पसहरु तदारुकताका साथ आंशिक व्यवस्थापन गर्दै

काठमाडौं । झण्डै २ दशक अघिदेखि आंशिक शिक्षकका रुपमा त्रिविका विभिन्न आंगिक क्याम्पसहरुमा प्रध्यायपन गराउदै आएका शिक्षकहरुलाई आंगिक क्याम्पसहरुले तदारुकताका साथ व्यवस्थापन कार्य अगाडि बढाएका छन् । 

त्रिविको कार्यकारी परिषद्को २०७८ फागुण २० गतेको बैठकको निर्णय नं. १२९३ बमोजिम भन्दै आंगिक क्याम्पसहरुले आन्तरिक श्रोतवाट कलेजमा कार्यरत आंशिक शिक्षकहरुलाई नियमित र व्यवस्थित गर्न लागेको क्याम्पसहरुले जनाएका छन् । 

झण्डै २ दशक देखि ‘समान कामको, असमान ज्याला’ को अन्ययमा परेका शिक्षकहरु त्रिविकोको यो कदमले केहि राहत महसुस भएको जनाउछन् । उनिहरु भन्छन्, ‘आंगिक क्याम्पसहरुको आन्तरिक श्रोतवाट भएपनि तदारुकताका साथ व्यवस्थापनका लागि आरम्भ भएको यो कार्यले केहि न्यया मिलेको आभाष भएको छ ।’

पछिल्लो पटक आज (भाद्र ३० गते) को गोरखापत्र दैनिकमा काठमाडौंको क्षेत्रपाटी स्थित ‘पव्लिक युथ क्याम्पस’ ले क्याम्पसमा अध्यापनरत, कम्तीमा एक शैक्षिक सत्र अध्यायपन पूरा गरेका, न्यूनतम द्वित्तिय श्रेणीमा स्नातकोत्तर उत्र्तीण गरेका शिक्षकहरुलाई २०७९ असोज ५ गतेसम्म कार्यालय समय भित्र निश्चित दस्तुर तिरी दरखास्त पेश गर्न सार्बजनिक सूचना प्रकाशन गरेको छ । 

यस अघि चितवन स्थित विरेन्द्र वहुमुखी क्याम्पस, काठमाडौं ताहाचल स्थित महेन्द्र वहुमुखी क्याम्पस, काठमाडौंको पुतलीसडक स्थित शंकरदेब क्याम्पस, धनगढी, वुटवल, वाग्लुङ जिल्ला लगायनका विभिन्न स्थानका करिब आधा दर्जन क्याम्पसहरुले नियुक्ति प्रक्रिया नै पुरा गरी केहि संख्यामा आंशिक शिक्षकहरुलाई व्यवस्थापन र नियमित गरिसकेका छन् ।

‘पव्लिक युथ’ क्याम्पसको सूचनाः



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation