२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ ।
उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन्।