२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । वुधवार करिब ४७ अंकले बढेको शेयर बजार त्यसको भोलिपल्ट त्यो भन्दा पनि धेरै अंकले घटेको छ ।
बुधवार नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको थियो भने एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको थियो ।
बुधवारको तुलनामा नेप्से परिसूचक भारी अंकले गिरावट आएको भएपनि कारोवार रकम भने २ अर्ब भन्दा माथि उक्लिएको छ ।
विहिवार, नेप्से परिसूचक २.८८ प्रतिशत अर्थात ५७ अंकले घटेर १९२४.४८ अंकमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स २.९१ प्रतिशत अर्थात ११.२३ अंकले घटेको छ ।
नेप्से घटेको भएपनि बुधवारको तुलनामा यस दिन कारोवार रकममा भने उल्लेख्य वृद्धि भएको छ । यस दिन २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७.३८ रुपैयाँ बरावरको शेयर खरिद विक्रि भएको छ ।
उच्च अंकले घटेको यस दिनको शेयर वजारमा पनि मिर्मी माइक्रोफाइनान्स विकास बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मुल्य भने केहि मात्रामा बढेको छ ।
यस दिन लक्ष्मी बैंक लिमिटेडको शेयर संख्या र रकम दुबैमा सबैभन्दा धेरै कारोवार भएको छ ।