पद्मकन्या क्याम्पसलाई महिला विश्वविद्यालय बनाउन पहल गरिनेक्याम्पसको ७२औं वार्षिकोत्सव सम्पन्न

 अर्थ बुलेटिन   १ असोज, २०७९



काठमाडौं । वागवजारमा अवस्थित पद्मकन्या वहुमुखी क्याम्पसलाई महिला विश्वविद्यालय बनाउन पहल गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताउनुभएको छ । 

क्याम्पसको ७२औं स्थापना दिवसको अवसरमा क्याम्पस प्राङगणमा आयोजित वार्षिकोत्सव कार्यक्रम वोल्दै मन्त्री पौडेलले सो घोषणा गर्नुभएको हो । उहाँले त्रिविको गौरवमय इतिहास बनेको यो क्याम्पसवाट उत्पादित धेरै जनशक्तिले राष्ट्रका विभिन्न तह र तप्कामा पुगेर राज्य रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सफल भएकोमा क्याम्पसको प्रसंसा गर्नुभयो ।

उहाँले थप्नुभयो, ‘चिनमा ५ लाख वरावर एक विश्वविद्यालय रहेको स्मरण गराउदै, नेपालमा झण्डै २० लाख वरावर एक विश्वविद्यालय रहेको अवस्थामा विश्वको अवस्थालाई अध्ययन गर्दा हामिलाई विश्वविद्यालयको संख्या थप्नुपर्ने आवश्यकता देखिन्छ । त्यसैले यो क्याम्पस चाडैनै महिला विश्वविद्यालय वनाउन भरपुर प्रयन्त गर्नेछु ।’

यसैगरी, झण्डै २ दशक देखि त्रिविका देशभरका क्याम्पसमा प्राध्यापन गराउदै आंशिक शिक्षकहरुलाई एक पटकका लागि व्यवस्थापन गर्नु राज्यको न्यायोचित व्यवहार हुने भएकाले त्यसका लागि समेत प्रयत्न गरिने जनाउनुभयो । 

कार्यक्रममा वोल्दै वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले दक्ष जनशक्ति उत्पादनका लागि क्याम्पसले पुरयाएको भूमिका प्रंससा योग्य रहेको बताउनुभयो साथै उहाँले क्याम्पसको शौन्दर्यकरणका लागि प्रदेश मन्त्रालयवाट ३० लाख रुपैया बजेट विनियोजित भएको र क्याम्पसको स्तरोन्तीका लागि आफु सधैब दत्त चित्त लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा वोल्दै त्रिवि प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रिय अध्यक्ष सहप्राध्यापक जगत तिमिल्सीनाले वर्षौदेखि समस्याग्रस्त त्रिविको समस्या समाधान नगरी त्रिविका पदाधिकारीहरु विदेश सयर गरेर बसेको भन्दै विरोध गर्नुभयो । उहाँले क्याम्पसमा लागू गर्न खोजिएको डिजिटल हाजिर प्रणालि गलत कार्य भएको भन्दै तत्काल फिर्ता लिन माग गर्नुभयो । 

कार्यक्रममा वोल्दै क्याम्पसका निमित्त क्याम्पस प्रमुख राजु मल्लले क्याम्पसको दिर्घकालिन कार्ययोजना सुनाउदै महिला विश्वविद्यालयका रुपमा स्थापित गराउनका लागि महिलालाई गुणस्तरीय र आत्म निर्भरको शिक्षा भन्ने भावनाका साथ अगाडि बढि रहेको बताउनुभयो । विसं २००८ असोज १ गते स्थापित यस क्याम्पस क्यूएको प्रक्रियामा रहेको उहाँले जनाउनुभयो । उहाँले क्याम्पसका विभिन्न संकायहरुमा गरी कुल ७३७८ विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउदै क्यापम्समा पूर्णकालिन र आंशिक गरी ३७२ जना प्राध्यापक र प्रशासन तर्फ ६० जना कर्मचारी कार्यरत रहेको जानकारी गराउनुभयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चेतोनाथ गौतमको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा पद्मकन्या बहुमुखी क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद प्रमुख उपमा आचार्यले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संकायका सहायक क्याम्पस प्रमुखहरुले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो । 

क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा त्रिवि निमित्त शिक्षाध्यक्ष प्रा.डा. भारगव धिताल, त्रिवि व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा, त्रिवि मानविकि तथा समाजशास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्य, त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा. विनिल अर्याल, त्रिवि परिक्षा नियन्त्रक सहप्राध्यापक पुष्पराज जोशी, त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन प्रा.डा. भगेश्वर मण्डल, त्रिवि प्राध्यापक संघ पद्मकन्या क्याम्पस इकाईका सभापति रामचन्द्र पोखरेल, त्रिवि प्रगतिशिल प्राध्यापक संघ पद्मकन्या क्याम्पस इकाईका फडिन्द्रराज निरौला, राष्ट्रिय प्राध्यापक संघका प्रतिनिधि उप प्राध्यापक उमेश रेग्मी, पद्मकन्या वहुमुखी क्याम्पस प्रजातन्त्रवादी प्राध्यापक संघ इकाई अध्यक्ष उपप्राध्यापक खुम प्रसाद शर्मा, पद्मकन्या वहुमुखी क्याम्पस कर्मचारी संघ इकाईका सभापति राजेश कुमार खनाल, पूर्ब क्याम्पस प्रमुखहरु लगायत करिब २ दर्जन व्यक्तित्वहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा क्याम्पसमा २५ वर्ष योगदान गरेका प्राध्यापक तथा कर्मचारीहरु, पिएचडी पुरा गरेका प्राध्यापकहरु, विभिन्न संकायमा अक्षयकोष स्थापनामा सहयोग गरेका विभिन्न व्यक्तित्वहरु, उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीहरु लगायतलाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation