![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । संविधान दिवसको सोमवारको विदा पछि मंगलवार खुलेको शेयर बजारले आइतवारको ओरालो यात्रालाई नै पछयाएको छ ।
नेप्सेको ओरालीसंगै मंगलवार कारोवार रकम समेत सुस्ताएको छ । यस दिन नेप्से झण्डै ४० अंकले घटेर १७ सयको लाइन नजिक आउन लागेको छ । आजकै जस्तो अंक भोलिपनि घट्ने हो भने नेप्सेले १७ सयको लाइनलाई छुने छ । नेप्से मात्रै होइन कारोवार रकम समेत १ अर्वको नजिक झरेको छ ।
मंगलवार नेप्से परिसूचक २.०७ प्रतिशत अर्थात ३८.८१ अंकले घटेर १८३७.६१ अंकमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १.९१ प्रतिशत अर्थात ७ अंकले घटेर ३५८.८७ अंकमा झरेको छ ।
नेप्से घटेसंगै यस दिन कारोवार रकम पनि झण्डै १ अर्बको नजिक आइपुगेको छ । मंगलवार ३८ लाख ५६ हजार ५३८ कित्ता शेयरको खरिद विक्रि हुँदा १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२.२७ रुपैयाँ बरावरको कारोवार भएको छ ।
उच्च अंकले घटेको यस दिनपनि ८ वटा कम्पनीको शेयर मुल्य भने केहि बढेको छ भने कालिका पावर कम्पनी लि. को शेयर मुल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।
यस दिन सबैभन्दा धेरै संख्यामा अपि पावर कम्पनीको शेयर खरिद विक्रि भएको छ भने हिमालयन डिस्टीलरी लि. को कारोवार रकम धेरै भएको छ ।