सीबीआइएल क्यापिटलको साधारणसभा २८ असोजमा

 अर्थ बुलेटिन   ५ असोज, २०७९



काठमाडौं ।  सीबीआइएल क्यापिटलकाे २८ असोजमा वार्षिक साधारणसभा हुने भएकाे छ । गत २७ भदौमा  बसेको सञ्चालक समितिको बैठकले असोज २८ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेकाे क्यापिटलले बुधबार सार्वजनिक सूचना गरेर यसबारे जानकारी दिएकाे हाे । 

सार्वजनिक सूचनाअनुसार सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा लाभांश सम्बन्धि कुनै एजेन्डा राखिएको छैन । 

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । कम्पनीले १४ असोजमा बुक क्लोज मिति तोकेको छ । यसर्थ, १३ असोजसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation