इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट

 अर्थ बुलेटिन   १० असोज, २०७९



काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट गरिएको छ । कम्पनीले ७ देखि २८ भदौसम्म आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई ६ लाख २० हजार कित्ता सेयर खुला गरेको थियो ।

जसमध्ये पाँच लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन परेको छ । बाँकी ५० हजार ३१० कित्तामा भने आवेदन परेको छैन । अब यो बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणहरूका लागि आइपीओ बिक्री खुला गर्दा थप गरेर ल्याउनेछ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation