

६ बैशाख, २०८२ | 19 Apr, 2025
काठमाडौं । एनआइसी एशिया बैंकको सञ्चालक समितिको ५७१ औं बैंठकले सर्बसाधारण शेयरधनी समूह तर्फ सञ्चालक नियुक्त गरेको छ ।
असोज २ गतेदेखिनै लागू हुने गरी राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगाल्नुभएका केशवप्रसाद लम्साल नियुक्त हुनुभएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले जानकारी दिनुभयो ।
नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिनुभएको छ ।
अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको वहाँ राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश हुनुभएको थियो ।