![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ४७ हजार १६२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
यसमा लघुवित्तकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक विद्यमान अन्य संस्थापकले आइतबारबाट ३५ दिनभित्र संस्थाको मुख्य कार्यालय बनेपा –१३, साँगा, काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्ने सेयर कित्ता संख्या खुलाई निवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।