![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । लामो समयपछि आज शेयर बजार ५० भन्दा धेरै अंकले बढेको छ ।
तिहारको साता लामो विदा पछि हिजोवाट कारावार आरम्भ भएको बजार हिजो र आज गरी दुबै दिन बढेको छ ।
आज मंगलवार नेप्से परिसूचक २.९९ प्रतिशत अर्थात ५६.१० अंकले बढेर १९३०.९८ अंकमा रोकिएको छ । यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि ३.०४ प्रतिशत अर्थात ११.२८ अंकले बढेर ३८२.१८ अंकमा रोकिएको छ ।
मंगलवार ३९ लाख ७१ हजार ५९४ कित्ताको खरिद विक्रि भई रु १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१.८ रुपैयाँको कारोवार भएको छ ।
आज ङयाङदी हाइड्रोपावर लिमिटेडको शेयर मुल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै एचआइडिसीएल को शेयर कित्ता कारोवार भएको छ भने एनआइसी एशिया बैंकको सबैभन्दा धेरै रकमको कारोवार भएको छ ।