राधी विद्युतको २९ कात्तिकदेखि १३ लाख कित्ता सेयर लिलामी खुल्दै

 अर्थ बुलेटिन   २२ कार्तिक, २०७९



काठमाडौं । राधी विद्युत कम्पनीले २९ कात्तिकदेखि सर्वसाधारण समूहको १३ लाख ५२७ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद मंसिर ७ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
 
राधी विद्युतले गत असोज ५ गतेदेखि १४७५ हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले असोज ५ गतेबाट २५ गतेसम्म कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याउन लागेको हो ।

यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, मुक्तिनाथ विकास बैंक लिमिटेडका शाखा कार्यालयहरु ठिमी, कामारीपाटी,इटहरी, विराटनगर,इलाम, विर्तामोड, विरगंज, जनकपुर, नारायणगढ,हेटौँडा,पृथ्विचोक– पोखरा, बाग्लुङ्ग, बुटवल,  नेपालगन्ज,  घनगढी, तुल्सीपुर, सुर्खेत र महेन्द्रनगरबाट पनि आवेदन दिन पाइनेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation