विदेशी मुद्राको आजको विनिमयदर थाहा पाउनुहोस्

 अर्थ बुलेटिन   ६ मंसिर, २०७९



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम भएको छ ।  सोमबारको तुलनामा आज अमेरिकी डलर ७५ पैसाले घटेको हो ।

आज युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा कायम भएको छ । सोमबार युरोपियन युरोको  खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २५ पैसा थियो । अष्ट्रेलियन डलर खरिदमा पनि ५४ पैसाले घटेर ८७ रुपैयाँ र बिक्रीदर ८७ रुपैयाँ ४० पैसा कायम भएको राष्ट्र बैंकले  जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा छ भने सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९९ पैसा कायम भएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation