गरिमा विकास बैंकको १५ वर्षे यात्रा पुरा, १६ मा प्रवेश७२ अर्ब निक्षेप संकलन, ६३ अर्ब कर्जा लगानी र करिब ७ लाख ग्राहकलाई सेवा

    ८ मंसिर, २०७९



काठमाडौं । 'एक्सेस टु अल' भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेड स्थापनाको १५ वर्ष पुरा भएको छ । 

१६ बर्ष प्रवेशको अवसरमा बैंकले एक विज्ञप्ती जारी गरी सेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, कर्मचारी लगायत १५ वर्षे सफल यात्रामा साथ दिनुहुने सम्वन्धित सबै तथा शुभ चिन्तकलाई कृतज्ञता प्रकट गरेको छ । 

बैंकले वार्षिकोत्सवका अवसर पारी विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु समेत सम्पन्न गरेको छ । 

मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका यस विकास बैंकका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमहरुमा कुल ६१३ युनिट रगत संकलन भएको बैंकले जनाएको छ । 

यसैगरी, क्रेडिट कार्डको समेत शुभारम्भ गरेको छ । यस विकास बैंकले १६औं बार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल यस विकास बैंकले रु ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ७ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation