एसइइ परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने

 अर्थ बुलेटिन   ८ मंसिर, २०७९



काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले आज (बिहीबार)देखि माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइइ) को आवेदन खुलाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो । 

मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने कार्यालयले जानकारी दिएको छ । माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आवदेन दिन सक्ने कार्यालयले जानकारी दिएको छ ।

विद्यालयहरूले पुस १७ गतेभित्र विद्यार्थीले भरेका आवेदन शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने छ । माघ मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाईहरूले परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्ने उल्लेख छ । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्ष ४ लाख ९५ हजार ७ सय ५१ जना यो परीक्षामा सहभागी भएका थिए । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation