पद्मकन्यामा गिता जयन्ती मनाइयोमहाभारतमा कर्मयोग, भक्तियोग र ज्ञानयोगको चर्चा

 अर्थ बुलेटिन   १९ मंसिर, २०७९



काठमाडौं । महाभारत शुरु भएको ५१५९औं दिनको अवसर पारेर पद्मकन्या बहुमुखी क्याम्पस जनसंख्या अध्ययन विभागले एक विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा भागवत गिता र जनसंख्या विषयको सम्वन्धका विषयमा जनसंख्या विभागका विभागिय प्रमुख तथा कार्यक्रम संयोजक सह प्राध्यापक भेषनाथ सापकोटाले ‘८ अर्बको विश्वमा गिताको सान्दर्भिकता’ अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

उहाँले प्रतिवेदन पेश गर्दै गिता जसले राम्रोसंग अध्ययन गर्छ उसको जन्म सार्थक हुने र आत्म पुर्नजन्म भइरहने विश्वास गर्न सकिने बताउनु भयो । गिता संस्कृति, सभ्यता, संस्कारको पाठ सिकाउने महत्वपूर्ण विधाका रुपमा पनि गिता हेर्नुपर्ने भन्दै त्यसको महत्व बुझेर आज ४ अर्ब प्रति गिता छापिएको र विक्रि वितरण भएको बताउनुभयो । सापकोटाले अध्ययन प्रतिवेदनलाई प्रकाश पार्दै ४४ लाखले महाभारतको युद्धमा भाग लिएको र ‘कर्म गर्नु, फलको आशा नगर्नु’ भन्ने गिताको मुल भाव रहेको प्रष्टयाउनुभयो ।

प्रतिवेदन माथि छलफल गर्दै क्याम्पसका निमित्त प्रमुख राजु मल्लले यस्ता अध्ययन अनुसन्धानले शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले अन्य विभागलाई पनि यि र यस्ता विषयहरुमा अध्ययन अनुसन्धान गर्न आग्रह गर्नुभयो ।

पशुपति वहुमुखी क्याम्पसका पूर्ब क्याम्पस प्रमुख प्राध्यापक प्रयागराज भट्टराइले जन्म, मृत्यू र बसाई सराईजस्ता जनसांखिक विषयहरु महाभारतमा जोडिएकोले यो आफैमा पूर्ण भएको बताउनुभयो । योग्यता हरेक क्षेत्रमा आवश्यक भएको बताउदै भट्टराईले कर्मयोग, भक्तियोग, ज्ञानयोगसंग जोडिएको महाभारतको विषयले मानिसलाई कसरी कर्मयोगमा लाग्ने भनेर प्रशस्त वाटोहरु देखाएको बताउनुभयो ।

कार्यक्रममा सह प्राध्यापक डा. उद्धव सिग्देलले तथ्यपरक र खोजमुलक भएर गरिएको यस्ता अध्ययनले लोप हुन लागेको विषयहरुको संरक्षण गर्ने बताउनुभयो । महाभारत भनेको जिवन दर्शनको एक महत्वपूर्ण ज्ञान भएकाले हरेक व्यक्तिले एक पटक आफैले महाभारत पढ्ने अठोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्राध्यापक डा. शैलेन्दु प्रकाश नेपालले गिता लोकहितका लागि सर्वोत्कृष्ट कृति भएको चर्चा गर्दै कर्मवाट विमुख नहुने सन्देश दिदै गिताले आत्म संयम, आत्म सम्मान, कर्म, ज्ञान, जिवन र दर्शन जस्ता विषयलाई जोडेको बताउनुभयो ।

यसैगरी, सह प्राध्यापक डा. रामचन्द्र पोखरेलले गिता एउटा धार्मिक ग्रन्थ मात्रै नभईकन नैतिकत ज्ञान, भाइचारा, सामाजिक बन्धुत्व, सत्मार्ग, उच्च शक्ति प्रदान गर्ने एक मुल ग्रन्थ भएको चर्चा गर्नुभयो ।

पद्मकन्या क्याम्पक पत्रकारीता विभागका प्रमुख उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवालीले मानिसमा अत्मचिन्तन, आत्म समिक्षा, धैर्य हुनुपर्ने विषय गितामा पाइने भन्दै गिताले कर्मभक्ति र ज्ञानलाई महत्वपूर्ण स्थान दिएको बताउनुभयो ।

कार्यक्रम समापन गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक चेतोनाथ सापकोटाले गितालाई जनसंख्यासंग जोडिनु आफैमा महत्वपूर्ण पाटो भएकाले गिताले मानिसको जिवनमा आवश्यक पर्ने कर्मयोग, भक्तियोग र ज्ञानयोग गरी ३ वटा योगलाई महत्व दिएको चर्चा गर्नुभयो ।

अध्ययन प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रम पद्मकन्या क्याम्पक प्राङगणमा भएको थियो भने कार्यक्रमको संचालन जनसंख्या विषयकी उपप्राध्यपक राधिका श्रेष्ठले गर्नुभएको थियो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation