बाराही हाइड्रोपावको आईपीओ खुला

 अर्थ बुलेटिन   २१ मंसिर, २०७९



काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बुधबार सर्वसाधारणका लागि आईपीओको निष्कासन गरेको छ । कम्पनीले कूल पाँच लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको छ ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन नदिएको एक लाख चार हजार कित्ता समेत सर्वसाधारणहरूका लागी  निष्कासन हुँदै ५ प्रतिशतले हुन आउने २७ हजार सात सय कित्ता सामूहिक लगानी कोषका लागी सुरक्षित गरेको छ  र २ प्रतिशतले हुन आउने ११ हजार ८० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी पाँच लाख १५ हजार दुई सय २० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन ।

सार्वजनिक आह्वानपत्र अनुसार सर्वसाधारण लगानीकर्ताले यही मंसिर २६ गतेसम्म र सो अवधिमा सबै सेयर विक्री नभएमा पुसको ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा नआईबिएल एस क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको रुपमा काम गरिरहेको छ । 

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाइने उल्लेख छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो सेयरको वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले बागलुङस्थित ठेउले खोलाको पानी प्रयोगगरी १.५ मेगावाट क्षमताको जलविधुत आयोजना निर्माण गरिरहेको छ ।

यस कम्पनीको रेटिङ हेर्ने हो भने ईक्रा नेपालले ‘ईक्राएनपी– आईआर बी माईनस’ ग्रेडिङ प्रदान गरेको छ । यस्ले दायित्व बहन गर्ने क्षमतामा औशत जोखीम रहेको जनाउने गर्दछ ।
 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation