७ प्रतिशत नगद लाभांश दिने पाँचथर पावर कम्पनीको घोषणा

 अर्थ बुलेटिन   २३ मंसिर, २०७९



काठमाडौं । पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको बिहीबार बसेको सञ्चालकक समितिको बैठकले ०७८-७९ वर्षको संचित नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत करसहित लाभांश दिने भएको छ।

साथै कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएसँगै लाभांश वितरण गर्ने उक्त बैठमा निर्णय भएको हो । कम्पनीको हालको चुक्ता पुँजी ९६ करोड २५ लाख रहेको र उक्त चुक्ता पुँजीको नगद लाभांश ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबर लाभांश वितरण गर्ने भएको हो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation