यस्ताे आजकाे विदेशी मुद्राको विनिमय दर

 अर्थ बुलेटिन   १३ पौष, २०७९



काठमाडौं ।  नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी ३१ पैसाले वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८६ पैसा तोकिएको छ । मंगलबार भने अमेरिकी डलर खरिद दर १३१ रुपैयाँ ९५ पैसा र बिक्री दर १३२ रुपैयाँ ५५ पैसा कारोबार भएको थियो ।

यस्तै, युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ९२ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५६ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा ७५ पैसाले युरोपियन युरोमा उकालो लागेको छ । यता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ७५ पैसा तोकिएको छ । मंगलबार यसको खरिददर ८८ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १० पैसा तोकिएको थियो ।

साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३३ पैसा तोकिएको छ ।  कतारी रियालको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ४ पैसा रहेको छ । 

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४१ पैसा र बिक्रीमा १० रुपैयाँ ४६ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ७८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ८० पैसा र बिक्रीमा ३५२ रुपैयाँ ३९ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation