यस्तो छ आजको विदेशी मुद्राकाे विनिमय दर

 अर्थ बुलेटिन   १५ पौष, २०७९



काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा सामान्य परिर्वतन भएको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७८ पैसा तोकिएको छ । शुक्रबार भने अमेरिकी डलर खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा कारोबार भएको थियो ।

यस्तै, युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ७६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७८ पैसा तोकिएको छ । अघिल्लो दिनको यसको खरिदर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसामा कारोबार भएको थियो ।

यता, आज अष्ट्रेलियन डलर ६९ पैसाले लोरालो लागी यसको खरिदमूल्य ८८ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २६ पैसामा कारोबार भैरहेको छ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३४ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ २ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४४ पैसा र बिक्रीमा १० रुपैयाँ ४९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५७ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५२ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५२ रुपैयाँ १८ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation