सुन ताेलामा पाँच सय रुपैयाँले बढ्यो

 अर्थ बुलेटिन   १५ पौष, २०७९



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको एक लाख नाै सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख नाै सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको थियो ।शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम थियो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation