प्रभु इन्सुरेन्सकाे लाभांश घाेषणा

 अर्थ बुलेटिन   २५ पौष, २०७९



काठमाडौं । प्रभु इन्सुरेन्सले ७.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस २४ गते आइतबार बसेको सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ६.७०% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हाे ।  साथै, कर प्रयोजनको लागि ०.३५% नगद लाभांश पनि वितरण गर्ने भएको होे ।

नेपाल बीमा प्राधिकरण स्वीकृति तथा आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गर्ने कम्पनीले जनाएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation