युनाइटेड मोदी हइड्रोपावरले लाभांश वितरण गर्ने

 अर्थ बुलेटिन   २ माघ, २०७९



काठमाडौं। युनाइटेड मोदी हइड्रोपावरले ७.३६८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ०.३६८५ नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्ताव गरिएकाे  बोनस सेयर तथा नगद लाभांश विद्युत नियमन आयोग र युनाइटेड मोदीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश् सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation