गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

 अर्थ बुलेटिन   ६ माघ, २०७९



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । 

भेटका अवसरमा सबैभन्दा पुरानो दौत्यसम्बन्ध रहेको नेपाल र बेलायतबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको सचिवालयको भनाइ छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation