सुनको मूल्यमा २ हजार रुपैयाँले घट्यो

 अर्थ बुलेटिन   २२ माघ, २०७९



काठमाडौं । सुनको मूल्य आइतबार तोलामा २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला  १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको थियो ।

तेजावी सुनको मूल्य आइतबार तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

शुक्रबार तेजावी सुनको मूल्य  तोलाको १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।  

आइतबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मुल्य तोलाको १३ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation