महालक्ष्मीको संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु निरन्तर

 अर्थ बुलेटिन   २३ माघ, २०७९



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका विभिन्न शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न संघ संस्थाह्रलाई सहयोग प्रदान गरेको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि वित्तिय सेवा प्रदान गर्दै आएको बैंकको भाटभटेनी शाखाले मानव सेवा आश्रमलाई विभिन्न औषधीहरु, देनिक खानाका लागि अत्यावश्यक सामाग्रीहरु साथै विविध सरसफाइका सामाग्रीहरु हस्तान्तरण कार्यव्रmम सम्पन्न गरेको छ । 

आश्रमले खुला आकाशमुनी कष्ट पुर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था साहारा विहिन, अशक्त, असाहाय, शारिरीक तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदानगर्दै आएको छ । 

त्यस्तै, बैंकको राजापुर शाखाले राजापुर नगरपालिका वडा नं ४ मा अवस्थित अमर शहीद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ । 

क्याम्पसमा हालआठ सय विद्यार्थाी अध्ययनरत रहेका र वर्षेनी विद्यार्थाीको संख्या बढ्दै गएका कारण खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानकालागि बैंकले खानेपानीका फिल्टरहरु प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation