४०० रुपैयाँले बढ्यो सुनको मूल्य

 अर्थ बुलेटिन   २९ माघ, २०७९



काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आइतबार ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार रूपैयाँमा कारोबार भएको छ।

शुक्रबार छापावाला सुन प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार २९५ रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation