![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । सेयर बजार मंगलबार राताम्मै भएर छ । मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५ विन्दुमा पुगेको छ । यसअघि आइतबार सेयर बजार ६०.८८ अंकले घटेको थियाे । मंगलबार सबै समूहको सेयर घटेर बजार राताम्मै भएका छ । निर्माण र प्रशोधनमा भने झिनो प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ । सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ७ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो। मंगलबार युनिलिभर नेपाल लिमिटेडको शेयर ६ प्रतिशतले, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीको ५ प्रतिशतले बढेको छ ।