सुनको भाउ सामान्य घट्दा चाँदीकाे भने स्थिर

 अर्थ बुलेटिन   १४ बैशाख, २०८०



काठमाडौं । सुनको भाउ नेपाली बजारमा घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला १०० रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा २०० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation