सन्दीपलाई वर्ल्डलिंकको एक लाख नगदसहित सम्मान

 अर्थ बुलेटिन   १४ बैशाख, २०८०



काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सम्मान गरेको छ ।

ओडिआईमा सबैभन्दा छिटो १ सय विकेट लिएकोमा बधाई दिँदै वर्ल्डलिंकले सन्दीपलाई एक लाख नगदसहित सम्मानित गरेको हो ।

राष्ट्रिय क्रिकेट टोलीका स्पिनर समेत रहेका लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका थिए ।

आज भएको कतारविरुद्धको खेलमा नेपालको जितमा नायक बनेका लाछिानेले कतारको महत्वपूर्ण पाँच विकेट लिएका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation