१ हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

 अर्थ बुलेटिन   २० बैशाख, २०८०



काठमाडौं । सुनको मूल्य बुधबार एकैदिन १ हजार ८०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोलामा १ हजार ८०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation