टोखाको झोरमा कुमारीको पहिलो एटिएम

 प्रकाश भट्ट   २१ बैशाख, २०८०



काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौंको उत्तरी क्षेत्र टोखा नगरपालिकाको झोरमा पहिलो पटक एटिएम संचालनमा ल्याएको छ । 

विस्तारित काउन्टरमा झोरकै पहिलो ए.टि.एम. सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

टोखा नगरपालिका वडा नंः १, झोर क्षेत्रमा अवस्थित बौडेश्वर महादेवको मन्दिर तथा झरनाका कारण अहिले काठमाण्डौकै एक प्रमुख पर्यटकिय आकर्षणको केन्द्र बन्दै गएको छ ।
झोरमै पहिलो पटक स्थापित यस कुमारी बैंक लिमिटेडको ए.टि.एम.को उद्घाटन, टोखानगरपालिका वडा नंः १, झोरका वडाध्यक्ष रमेशकुमार लामिछानेले गर्नुभयो । 

उद्घाटन समारोहमा, वडा प्रमुख लामिछानेले कुमारी बैंकको यस ए.टि.एम.ले झोरका वासिन्दाहरुलाई विद्युत्तिय माध्यमद्वारा कारोबार गर्न उत्प्रेरित गर्नुका साथै झोर क्षेत्रलाई पर्यटकिय गन्तव्य बनाउनका लागि थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६२ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation